सुर्खेत । कालिकोटमा एक वृद्धाकाे शव भीरमा अड्कीएको अवस्थामा फेला परेको छ । खाँडाचक्र नगरपालिका नैनामाण्डु कालमोडको भीरमा ८१ वर्षीय लाईशोभा जैशी शव भेटिएको हो ।
मृत अवस्थामा भेटिएकी जैशी खाडाचक्र नगरपालिका २ सुनार खोला बस्दै आएकी थिइन् । उनी नैनामाण्डुको भीर अड्कीएको अवस्थामा रहेको जानकारी स्थानीयले गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

जैशीको शव गोरेटो बाटोदेखि करिव दुई सय मिटर तल भीरमा अड्कीएको कालिकोट प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानबाट जैशी लडेको हुनसक्ने अनुमान प्रहरीको छ । उनी माइली छोरी र ज्वाइँसँगै बस्दै आएकी थिइन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


नेपाल कर्म । २२ श्रावण २०८०, सोमबार १७:३९