विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

सुर्खेत । रुकुम पश्चिममा मोटरसाईलक दुर्घटनाहुँदा चालक गम्भीर घाइते भएका छन् । मुसिकोटबाट सोलावाङ जाँदै गरेको रा.६ प ४८२१ नम्बरकोमोटरसाईलक मुसिकोट नगरपालिका ५ सेरिगाउँमा दुर्घटनामा परेको हो ।



दुर्घटनामा मुसिकोट नगरपालिका ११ का २१ वर्षीय सन्तोष लम्साल गम्भीर घाइते छन् । मोटरसाईकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते लम्सालकाे बागबजारमा रहकाे मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

उनको टाउको र अनुहार गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटना साेमबार दिउँसाे ४ बजेतिर भएकाे प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया