वीरेन्द्रनगरका सडक क्षमताभन्दा बढी अटो रिक्सा

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा दिनप्रतिदिन मानिसहरुको चाप बढ्दो छ । उच्च शिक्षाको अध्ययनसँगै रोजगारी, विभिन्न लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि अन्य जिल्लाबाट वीरेन्द्रनगर झरेसँगै चाप बढ्दो क्रममा रहेको हो ।



मानिसहरुको चाप बढेसँगै वीरेन्द्रनगरमा अटो रिक्साको संख्यामा पनि ह्वात्तै बढेको छ । उपत्यकका कुनै स्थानमा पुग्ने भरपर्दो माध्यम अटो बनेपछि नागरिकहरुलाई यात्रामा सहजता भएको छ नै तर दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

अटो रिक्साको व्यवस्थापन नगरिदा वीरेन्द्रगर बजार क्षेत्र अस्तव्यस्त छ नै कतिपय अटोमा यात्रा गर्ने पैदलयात्री अटो चालकबाटै ठकिने गरेका घटना बढ्दो क्रममा छन् । केही अटो चालकहरुले पैदलयात्रीलाई उचित गन्तव्यसम्म पु¥याउनुको साटो यात्रुलाई लुटेर पैसा कमाउने उदेश्यले अटो चलाउने गरेको यात्रुहरुको गुनासोपनि उत्तिकै बढी रहेको छ ।

वीरेन्द्रनगरमा सञ्चालनमा भइरहेका अटोहरुको आधिकाँश चालकहरु २० देखि ३० वर्ष उम्मेरका भेटिन्छन् । उनीहरुले वीरेन्द्रनगगर नगरपालिकाले तोकेको अटो भाडा दरभन्दा मनलाग्दी तरिकाले यात्रुबाट असुल्ने गरेका छन् । अटो चालकबाट ठगिएको यात्रुले उक्त कुरा प्रहरीलाई सुनाए पनि प्रहरीले कुनै सुनुवाइ नगरेको वीरेन्द्रनगर–४ बस्ने १८ वर्षीय निमा क्षेत्रीले बताइन् ।

उनले भनिन्, ‘हिजो आजको समय गर्मी छ । बिहान स्कुल जान्छु । कोठामा फर्किदा बिहान ११ बजिसकेको हुन्छ । गर्मीले हिँड्न गाह्रो भएपछि कहिले काँही अटोमा घर फर्किन्छु । कहिले ३०, कहिले ४०, कहिले ५० त कहिले ६० रुपैयाँ तिर्नुपर्छ ।’

अटो कुन यातयात प्रा.लि.मा दर्ता गरिएको त्यो पनि अटोमा नाम उल्लेख नगरिएको गुनासो गरेकी क्षत्रीले अघि भनिन्’ ‘भाडादर पनि अटो चालकले आफुसँग कहिले राखेको हुँदैन् । पैसा छैन् भन्दा पनि मान्दैनन् । उनीहरुले जति मागे उतिनै दिनुपर्छ । नदिएपछि विभिन्न प्रकारको धम्की दिने जहाँबाट आएको हो त्यहीँ लगेर पु¥याईदिन्छु भन्दै अटो मोड्न थाल्छन् ।’

अटो चालकले ठगेको कुरा प्रहरी समक्ष बताइदिन्छु भन्दा उल्टै अटो चालकहरुले केही फरक पर्दैन् दैनिक ट्राफिक प्रहरीलाई नै दैनिक सय रुपैयाँ तिर्ने गरेको भन्दै जफाव फर्काउने गरेको यात्रुहरुको गुनासो छ । ‘अधिकाँश अटो चालकलाई राम्रोसँग चलाउन पनि आउँदैन् । अटो चालकको लागि लाइसेन्स पनि हुँदैन् । त्यसैले होला प्रहरी पनि अटोचालकसँग मिलेको । दैनिक प्रत्येक अटोबाट एक सय उठाउने रहेछन् । नगरपालिकाले अनुगमन गरि कारबाही गर्नुपर्छ,’ एक यात्रुले भने ।

कतिपय अटो चालकले यात्रुलाई ठगेको समेत पाईएको छ । त्यस्ता व्यक्तीमा घर, घडेरी किन्नका लागि माथिल्लो कर्णालीका जिल्लाहरुसँगै दैलेखबाट सुर्खेत झरेका अशिक्षित वृद्धाहरु सिकार हुने गरेका छन् । अटोमा बसेर यात्रा गर्दै गर्दा घर÷घडेरीका खरिदका बारेमा आफन्त तथा साहुसँग फोनमा गरेको कुराकानीका आधारमा लुटिने गरेका छन् ।

रुटप्रमिट नलिई, अटो सञ्चालन
वीरेन्द्रनगर नगरपालिकाको उद्योग तथा नियमन शाखाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका अटो तथा ई रिक्साहरुलाई शीघ्र दर्ता प्रक्रियामा ल्याउन सचेतना मूलक अनुगमन शुरु गरेको छ । शाखा प्रमुख टंकप्रशाद लामिछानेको संयोजकत्वमा भएको अनुगनमा क्रममा अटो रिक्सासँग सम्बन्धित विभिन्न समस्या देखिएका थिए ।

जसमा धेरै जसो अटो चालकले रुट प्रमिट नलिई नगर क्षेत्र भित्र अटो र ई–रिक्सा सञ्चलान गरिरेका छन् । कतिपय अटो चालकले अटो सञ्चालनका लागि आवश्यक पर्ने कागजात नबोकि हिँड्ने, पाकिङ्ग गर्नुपर्ने ठाउँमा पार्किङ्ग नगरेको, यात्रु सुरक्षाका उपाय अवलम्वन नगरेको, भाडादरका एकरुपता नभएको जसले गर्दा यात्रुबाट मनलाग्दी भाडा अटो चालकले असुल्लने गरेको अनुगमनबाट पुष्टि भएको हो । यस्तै, अनुगमनबाट नियमानुसार स्टिकर नलिइएको, अटो सम्बन्धि यातायात प्रा.लि.मा दर्ता नगराई नीजि अटोमा भाडामा यात्रु ओसारपसार गरेको पत्ता लागेको छ ।

दर्ता आठ सय, गुड्छन २२ सय बढी अटो
वीरेन्नद्रनगर नगरपालिकाले नगरपालिकमा अटो तथा इ–रिक्सामा हालसम्म करिब आठ सय ४६ मात्रै दर्ता भएका जनाएको छ । नगरपालिका पालिकाले अटो व्यवस्थापन सम्बन्धि बनाएको कार्यविधी–२०७४ अनुसार वीरेन्द्रनगरमा अटोको क्षमता साढे ९ हो । तर, यहाँ एक हजार दुई सय भन्दाबढी गुड्ने गरेका छन् ।

नगर भित्र सञ्चालन हुने अटोको संख्यामा हालसम्म दर्ता हुनुपर्नेमा नौ सय ४५ वटा हुन । तर नगरपालिकाको कार्यविधिमा उल्लेख भएको संख्यामध्य काम मात्रै अटो रिक्सा दर्ता भएका छन् । यही मापदण्ड अनुसार वीरेन्द्रनगर बजार क्षेत्रको अटो रिक्साको साढे नौ सय हाराहारीमा गुड्ने क्षमता हो । तर, आवश्यक भन्दा धेरै अटो वीरेन्द्रनगरमा भित्रिएपछि दुर्घटनासँगै अन्य घटनाहरुमा वृद्धि भइरहेको छ ।

नगरपालिकाले अन्य एक हजार तीन सय दर्ता नभएका अटो वीरेन्द्रनगरमै सञ्चालन हुने भए दर्ता प्रक्रियामा आएर मात्रै चलाउने पाउने भन्दै अबिलम्ब दर्ता गर्न निर्देशन दिएको छ । दर्ता नगरेर अटो सञ्चालन गर्दा दर्ता प्रक्रियामा आएका अटोलाई अफ्ठ्यारोका साथै सडक सुरक्षा असुरक्षित भएको नगरपालिकाको ठहर छ ।

उद्योग शाखाका चक्रबहादुर थापाले अटो सञ्चालक, यातायात कार्यालय, जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका मिलेर सडकलाई सुरक्षित बनाउनु पर्ने बताए ।

उनले भने, ‘सडकलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि हाअी सबै भूमिका रहेको हुन्छ । जसका लागि चालकहरुले अटोका दर्ता प्रक्रिया टुङ्गाउनु पर्छ । राज्यले हामीलाई सबै सेवा सुविधा दिनुपर्छ भन्ने तर, आफुले गर्नुपर्ने काम, कर्तव्य पालना गर्नुपर्छ ।’ साथै थापाले अटो सञ्चालकहरुले नगरपालिकामा गएर दर्ता, रुटप्रमिट, यातायात कार्यालयमा गएर ब्ल्युबुक नविकरणका सागै राज्यलाई कर पनि तिर्नुपर्ने र राज्यबाट उपलब्ध हुने सुविधामा पनि माग गर्ने सकिने बताए ।

तपाईको प्रतिक्रिया