एम्बुलेन्स खरिदका लागि धरमपाेखरामा धार्मिक महाेत्सव

सुर्खेत । एम्बुलेन्स खरिदका लागि दैलेखकाे गुराँस गाउँपालिकाकाे ८ धरमपााेखरामा धार्मिक महाेत्सव शुरू गरिएकाे छ । सुर्खेत र दैलेखको सिमाना पर्ने धरमपोखरा एम्बुलेन्स खरिदका लागि पुरूषोत्तम महात्म्य, शिव श्रावण महिमा, धर्म जागरण महामहोत्सवकाे आयोजना गरिएको हो ।




गाउँपालिकाका अध्यक्ष टाेपबहादुर विसीले एम्बुलेन्स खरिदमा पालिकाकोतर्फबाट पनि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले गुराँसका जनताको सेवाको लागि दानबाट उठेको रकम एम्बुलेन्स ल्याउने उद्देश्य राखेर पवित्र कार्यका लागि वडा कार्यालयलाइ धन्यवाद दिए ।

एम्बुलेन्स खरिद र मन्दिर निर्माणको लागि आयोजना गरिएको यस महामहोत्सवले सकरात्मक सन्देश प्रवाह गरेकाे ८ नम्बर वडाध्यक्ष दीपेन्द्र वलीले जानकारी दिए ।  गुराँसवासीलाई तत्काल अस्पताल लिनुपरेमा वडासँग एम्बुलेन्स नभएकाले पुण्य कामबाट उठेको दानलाई संकलन गरि एम्बुलेसन्स संचालनमा ल्याउने वडाध्यक्ष वली बताउँछन् ।

महाेत्सवकाे पहिलाे दिन एक लाख ४३ हजार ६ सय ६६ दान संकलन भएको छ । सात दिनसम्म संचालन हुने महामहोत्सवमा कथा वाचक खेमप्रसाद भुसालबाट हुने छ ।

तपाईको प्रतिक्रिया