सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थीलाई एक लाख बराबरको उपचार सेवा

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक वर्ष एक लाख बराबरको उपचार सुविधा पाउँने भएका छन्। स्वास्थ्य उपचार कोषमा प्रत्येक विद्यार्थीले हरेक वर्ष तिरेको पाँच सय रुपैयाँको उपचार पाउनबाट बञ्चित भएका थिए। तर, सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेकपा एमाले निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको नयाँ नेतृत्व आएसँगै उक्त सेवा सञ्चलानमा आएको हो।



सुर्खेत बहुमुखी क्याम्पस स्ववियुका सभापति अक्कलबहादुर सिजापातीले स्ववियु निर्वाचनमा गरेका चुनावी प्रतिबद्धताअनुसार नै सिंगो स्ववियु टिमले काम गरिहेको जानकारी दिए।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुले स्वास्थ्य उपचार कोषमा तिरेको ५०० रकमबाट पाउनुपर्ने एक लाख बराबरको प्रतिबर्ष उपचार सुविधा अबदेखि पुर्णरुपमा पाउने व्यवस्था गरेका छौँ। स्ववियु निर्वाचनताका ‘स्वास्थ्य बिमाको पुर्ण कार्यन्वयन’ गर्ने विद्यार्थीमाझ गरेको प्रतिबद्धताले सुर्खेत बहुमुखी क्याम्पसमा पूर्णता पाएको छ।’

यस्तै, सभापति सिजापतिकाअनुसार विद्यार्थीहरुको स्वास्थ्य उपचारका लागि सिफारिस लिनुपर्ने छ। सिफारिसका लागि विद्यार्थी परिचय पत्र, क्याम्पसको सिफारिस पत्र, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्र आवश्यक पर्नेछ। साथै विद्यार्थीहरुले कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट उपचार सेवा लिन पाउँनेछन्।

तपाईको प्रतिक्रिया