एजेन्सी । अफगानिस्तानको बारेमा युनिसेफले गरेको हालैको रिपोर्टमा अक्टोबर २०२३ सम्म १५ मिलियन भन्दा बढी मानिसहरूले खाद्य असुरक्षा सिकार हुने प्रक्षेपण गरिएको छ जसमा २९ दशमलव २ मिलियन मानिसहरूलाई मानवीय सहायता आवश्यक परिरहेको समाचारहरूमा उल्लेख छ।
यो अवस्था आउनुमा अफगानिस्तानको खडेरी, बाढी, असुरक्षा, कडा जाडो, राजनीतिक र आर्थिक अस्थिरता र विस्थापनले बढाएको छ। अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि, अफगानिस्तानमा मानिसहरूको अवस्था मात्र बिग्रिएको छैन कि देश ठूलो मानवीय संकटको चपेटामा छ।
तालिबान शासनमा रहेको अफगानिस्तानको अवस्थाको बारेमा अर्थशास्त्री सैयद मसुदले भने, ‘मानवीय सहायता र खाद्य सुरक्षाको मुख्य उद्देश्य उपभोगको स्तर र परिवारहरूको आधारभूत आवश्यकताहरू बढाउनु हो।’ युनिसेफका अनुसार गैरसरकारी संस्था र संयुक्त राष्ट्र संघका लागि काम गर्ने अफगानी महिलामाथिको


प्रतिबन्धले कमजोर महिला र बालबालिकाको संरक्षणमा ठूलो खतरा बढाएको छ। तालिबानले सत्ता कब्जा गरेपछि आधारभूत सुविधाका लागि समस्या झेल्नुका साथै देशमा महिलाको अवस्था पनि नाजुक बन्दै गएको छ।
देशमा महिलाहरूलाई नेतृत्व पदहरूमा प्रतिबन्ध लगाइएको छ। महिलाको लागि विद्यालय कहिले खुल्ने वा अनिश्चितकालीन प्रतिबन्ध लगाइने भन्नेबारे अझै पनि निश्चित भएको छैन।

नेपाल कर्म । २२ श्रावण २०८०, सोमबार १४:२०