कर्णाली राजमार्गको सोत खोलामा हाइस दुर्घटना, आमा/छोरा घाइते

सुर्खेत । कर्णाली राजमार्ग अन्तरर्गत बराहताल गाउँपालिकाको सोत खोलामा हाइस (फाेर्सगाडी) दुर्घटनामा परेको छ। बिहीबार दिउँसो २ बजेको समयमा भे १ ख २५८० नम्बरको हाइस दुर्घटना परेको हो। जिल्ला ट्राफिक कार्यालय सुर्खेतले दुर्घटना परि आमा/छोरा घाइते भएको जनाएको हाे। घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ की २४ वर्षीय तारा नेपाली उनको छोरा रहेका छन्।



उनी आमा छोराको अवस्था सामान्य रहेको र कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाइस सुर्खेतकै पञ्चपुरी नगरपालिका–५ विद्यापुरबाट सुर्खेतका लागि छुटेको थियो।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना हुन गएको गाडी चालकले प्रहरीलाई बयान दिएका छन्। यस्तै, गाडी चालकलाई पनि सामान्य चोट लागेको र गाडीलाई पुलबाट निकालेर बाहिर सडकमा राखिएको छ। प्रहरीका अनुसार गाडीमा १० जना यात्रु सवार थिए।

तपाईको प्रतिक्रिया