सुर्खेत । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ। जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव सुरेश सुनारलाई दिइएको छ।

अछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ्य समस्या देखाउँदै मन्त्रालयमा सरुवा मागेकाले उनको स्थानमा उपसचिव शरदकुमार पोखरेललाई पठाइएको हो।


सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए। यसअघि उनले बाँकेमा पनि सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भई काम गरिसकेका छन्।
त्यस्तै पोखरेलसँग मुगु र दार्चुलाको सीडीओ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भइसकेका छन्। यसैगरी उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर काम गरिसकेका छन्।

नेपाल कर्म । २२ श्रावण २०८०, सोमबार १२:०८