लागूऔषधसहित जुम्लाबाट दुई जना पक्राउ

सुर्खेत । जुम्लाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चन्दननाथ नगरपालिका–६ विजयनगरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० का १८ वर्षीय आवेग भण्डारी र वडा नम्बर ७ बस्ने १८ वर्षीया निशान कठायत रहेका छन्।



उनिहरु शंकास्पद हिँडिरहेको अवस्थामा फेला पारेर प्रहरीले चेकजाँच गर्दा लागूऔषध (ब्राउनसुगर) जस्तो देखीने खैरो धुलो पदार्थ ३ पुडिया फेला पारेको यिो।

प्रहरीले लागूऔषधसहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।

तपाईको प्रतिक्रिया