वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिबाट अवैध कपडा बरामद गरिएको छ। भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट बरामद गरिएको हो।
उक्त पोस्टमा खटिएका ४ जनाको प्रहरी टोलिले नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कारबाट कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
बा १६ च २१२० नम्रको कारलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको कपडा प्रहरीले फेला पारेको हो।


प्रहरीले उक्त कारबाट कुर्ता सुरुवाल २४७ पिस, धोती ३६ पिस, तन्ना ८ पिस र थानको लुङ्गी ५ रोल बरामद गरेको छ।
ती कपडाहरु बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २१ श्रावण २०८०, आईतवार १४:४३