जन्मदिनको अवसरमा फर्जुल खर्च घटाएर सामाजिक कार्यमा ‘विष्ट’

वीरेन्द्रनगर । आफ्नो जन्मदिनको अवसरमा नविन विष्टले आर्थिक सहयोग गरेका छन्। दैलेखको ठाटीकाँध गाउँपालिका–२ जौचौरका ष्टले टुहुरा बालबालिकालाई सहया‍ेग गरेका हुन्।



विष्टको जन्मदिन आज (साउन २०) गते शनिबार हो। उनले आफ्नो जन्मदिनको अवसरमा हुने फर्जुल खर्च कटौती गरेर समाजिक कार्यमा लगाएको जनाकारी दिए।

विष्टले भने, ‘जन्म दिन भनेर साथीभाईसँग दारु पाटी ठीक हैन् भनेर केक काट्ने र नास्ता खाने पैसा बचाएर सामाजिक कार्यमा लगाएको हुँ। मैले हरेक वर्षमा आफ्नो जन्मदिनको अवसरमा यस्तै, सामाजिक कार्यतिर नै काम गर्दै आएको छु।’

यस्तै, विष्टले गत जेठ २५ गते अपहरण गरि हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीय स्वर्गीय मञ्जु रावलका टुहुरा नाबालक बच्चाबच्चीको पालन पोषण र शिक्षाको लागि सहयोग गरेका हुन्।

विष्टले उक्त सहयोग राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाएको जानकारी दिए। साथै उनले ती टुहुरा बालबालिकालाई सबैले आ–आफ्नो सकेको सहयोग गर्न अनुरोध गरेका छन्।

विष्ट हाल आफ्नो अध्ययनको लागि सुर्खेतमा बसोबास गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया