वीरेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेशको अधिवेशन भदौ महिनाको पहिलो हप्ता हुने भएको छ। नेकपा एमाले निकट युवा संघको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले अधिवेशन भदौ ६ र ७ गते गर्ने निर्णय गरेको हो।

साथै उक्त बैठकले कमिटीका सबै सदस्य र जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी संघका संयोजक गणेशमान खनालको संयोजकत्वमा मूल व्यवस्थापन र जनपरिचालन उपसमिति गठन गरिएको छ।

सह–संयोजक लोकेन्द्र गौतमको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ।
त्यस्तै, प्रदेश कमिटी सदस्य दिपक रिजालको संयोजकत्वमा तीन सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ।

बैठकले कणाृली प्रदेशका १० वटै जिल्ला र पालिकाहरुले साउन ३० गते भित्र अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु छनौट गरिसक्नु पर्ने, प्रत्येक जिल्ला कमिटीबाट २ महिलासहित ५ जना, नगर कमिटीबाट १ महिलासहित २ जना र गाउँ कमिटीबाट १ जना प्रतिनिधि सहभागी हुन पाउने निर्णय भएको छ।
प्रचार–प्रसार संयोजक रिजालले युवा संघले पहिलो पट्क प्रदेश अधिवेशन गर्न लागिएको र जस्का लागि १० वटै जिल्ला र पालिकाहरुले प्रतिनिधि छनौट गरि साउन ३२ गतेभित्र पठाइसक्नुपर्ने बताए।


नेपाल कर्म । २० श्रावण २०८०, शनिबार १८:२५