चौकुने–७ नम्बर वडाको प्रगति : ३५ वटा विकास आयोजनाको निर्माण, ८ सय बढी सिफारिस

वीरेन्द्रनगर । सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर ७ ले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ। वडाध्यक्ष धनिराम धमालाले आर्थिक वर्ष २०७९/०८० मा वडा कार्यालयमा भएका मुख्य प्रगति विवरण सार्वजनिक गरेका हुन्।



वडाध्यक्ष धमालाकाअनुसार वडाभित्र विकास निर्माणतर्फका ३५ वटा आयोजनाहरु सम्पन्न भएका छन्। यी आयोजना स्थानीय तह प्रदेश र संघीय सरकार लगायतको सहयोग र साझेदारीमा सम्पन्न भएका हुन्।

यस्तै, वडा कार्यालयले एक वर्षभित्र हाड जोर्नी तथा नसा रोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन, पाठेघरको क्यान्सर सम्बन्धि शिविर सञ्चालन तथा निशूल्क उपचार, दलित लक्षित कार्यक्रम सुधारिएको आरन वितरण कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अति अशक्तलाई ह्विलचियर वितरण र देउडा संस्कृति संरक्षण कार्यक्रम पनि गरेको वडाध्यक्ष धमालाले जानकारी दिए।

उनकाअनुसार सेवा प्रवाहतर्फ नाता प्रमाणित ५० वटा, सम्झौता सिफारिस ३७ वटा, कार्य सम्मपन्न सिफारिस ३६ वटा, नागरिकता सिफारिस १३९, आर्थिक सहयोग सिफारिस ५८ र अन्य सिफारिस ५५९ वटा वडाले गरेको छ।

वडाले जन्म, मृत्यु, सम्बन्ध विच्छेद, विवाह, बसाइँ सरी आएको बसाइँ सरी गरिएको गरि जम्मा २६३ वटा पञ्जिकरणका काम गरेको छ।

यस्तै, वडा कार्यालयले जुम्ल्याहामुललाई संरक्षण गर्ने र बहुउदेश्यीय ताल निर्माण गरि सिँचाई, खानेपानी, पर्यटन र मत्स्यपालनको माध्यमबाट जनताको अवस्थामा व्यापक परिर्वतन ल्याउने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया