एमाले कर्णालीकाे अधिवेशन असाेजमा गर्ने निर्णय

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको पहिलो अधिवेशन आगामी असोजमा गरिने भएको छ । असोज १० र ११ गते कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा अधिवशेन गर्ने निर्णय गरिएकाे हाे ।



नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले सुर्खेतमा अधिवशेन गर्ने निर्णय गरेकाे छ । एमाले पार्टी मुख्यालय च्यासलमा शुक्रबार बिहान बसेको बैठकले कर्णाली प्रदेश कमिटीको पहिलो अधिवशेनको उद्घाटन असोज १० गते बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा गरिनेछ ।

पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टकाअनुसार यसअघि प्रदेश कमिटीको असार ४ गते सम्पन्न बैठकले भदौं २९ र ३० गते गर्ने निर्णय गरेको थियो ।

तर पार्टी सदस्यता नविकरण लगायतका सांगठनिक कामको तयारी भइरहेकाले केन्द्रीय कार्यालयले बैठकले १० दिनपछि असोजमा गर्ने निर्णय गरेको इन्जार्ज भट्टकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया