विश्व स्तनपान सप्ताहको अवसरमा अन्तरक्रिया

सुर्खेत । विश्व स्तनपान सप्ताहको अवसरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा स्तनपान सम्बन्धि शुक्रबार अन्तरक्रिया भएको हो।



निर्देशनालयले ‘स्तनपानमन्त्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेको छ।

स्वास्थ्य सेवा निर्देशनालयकी वरिष्ठ जनस्वस्थ्य अधिकृत करुना भट्टराईले पहिलो पट्क सन १९९२ देखि बनाउँदै आएको र निर्देशनायले पनि हरेक वर्ष स्तानपानको सत्ताह कार्यक्रम गर्दै आएको बताइन्।

उनले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउँनुपर्ने बताइन्।

उनले भनिन्, ‘बच्चा जन्मिएको एक घण्टाभित्र आमाले स्तनपान गराउँनुपर्छ। आमाको दुध खुवाएको ६ महिनापछि मात्रै अन्य खानेकुरा खुवाउनुपर्छ। यदी मात्रै हैन् बच्चा जन्मेदेखि दुई वर्षसम्म निरन्तर आमाको दुध खुवाउनुपर्छ।’

यस्तै, निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले आमाको दुध बालबालिकाको लागि अमृत सम्मान भएकाले जीवनको रक्षा गर्ने समेत बताए।  उनले भने, ‘कर्णालीमा ६ महिनासम्म ७४ प्रतिशतले स्तनपान गराउँने गरेका छन् भने दुधदानीबाट कर्णालीका ११ प्रतिशतले बालबालिकालाई दुध खुवाउने गरिएको छ।’

यस्तै, निर्देशक डाक्टर खड्काले स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रुपमा विश्वभर आठ लाख २० हजार शिशुहरुको ज्यान जोगाउन सकिने र आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको विक्रीमा अत्यधिक वृद्धि भएको बताए।

अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले पत्रकारहरुले बच्चा जन्मिए बित्तिकै आमाले दुध खुवाउँदा हुने फाइदाबारे समाचारहरु सम्प्रेषण गर्नुपर्ने बताए। उनले भने, ‘हामी सबैलाई दुधको महत्वको बारेमा जानकारी हुँदा–हुँदै पनि त्यो व्यवहारमा लागुगर्न सकेका छैनौं। त्यसता विषयमा पनि मिडियाकातर्फबाट वकालत गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया