सुर्खेत । वीरेन्द्रनगरको एयरपोर्ट नजिकै पार्किङ गरेका दुइ कारलाई बसले ठक्कर दिएको छ । वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्र नजिकै रहेको होटल थकाली अगाडी पार्किङ गरेका कारलाई बसले ठक्कर दिएपछि कारमा क्षती पुगेको हो ।

एयरपोर्ट चोकबाट कालुञ्चोकतर्फ आउँदै गरेको ना ५ ख ५२५८ नम्बरको बसले बागमती प्रदेश ०१०२८ ३५४१ र कर्णाली प्रदेश ००१ च ०६७५ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


बसले रोकिराखेका कारलाई ठक्कर दिएर लछारेको प्रहरीले जनाएको छ । ठक्करबाट दुवै कार र बसमा क्षती पुगेको छ । तर मानवीय क्षती नभएको प्रहरीको भनाई छ ।
ठक्कर लगत्तै बस लिएर फरार रहेका बस र चालकलाई कालुञ्चोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट बस चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

नेपाल कर्म । १९ श्रावण २०८०, शुक्रबार १७:३८