सुर्खेत । कर्णालीको कुल जनसंख्याको ४ प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा रहेको पाईएको छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको तथ्यांक अनुसार गत जेठ मसान्तसम्म कर्णालीका चार प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा छन् ।
बीमा शुल्क संकलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको संख्या न्यून रहेको कार्यालयले जनाएको छ । यो संख्या देशका सात प्रदेशको तुलनामा सबैभन्दा कम हो ।

प्रदेशगत तथ्यांकमा बाग्मतीमा सबैभन्दा बढि ४४.९ प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । कर्णालीमा सक्रिय जीवन बीमालेखको संख्या दुई लाख १७ हजार ६ सय ५० रहेको प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीले बताए ।

‘प्राधिकरणले कर्णालीबासीमा बीमाको पहुँच अभिबृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मुल्यांकनकर्तासँग अन्तरक्रिया, स्थानीय सरकार, जिसस, प्रहरी लगाएतसँग छलmल तथा अन्तरक्रिया कार्यक्रमहरु गरिरहेका छौँ,’ सोडारीले भने । कर्णालीका १० वटै जिल्लामा जीवन बीमकको शाखा र उपशाखा कार्यालयसहित एक सय १० वटा रहेको तथ्यांक छ ।
सोडारीका अनुसार निर्जीवन बीमा गर्ने संख्या पनि कर्णालीमा न्यून छ । बीमा शुल्क संकलनको आधारमा कर्णालीमा निर्जीवन बीमाको पहुँच १.४ प्रतिशतमात्रै छ । सम्पती, सामून्दि«क, मोटर, कृषि बाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार ८ सय ९२ निर्जीवन बीमालेख रहेको सोडारीले बताए । उनका अनुसार गत पौष मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको संख्या शाखा र उपशाखासहित ४५ वटा छन् ।

कर्णालीमा बीमा क्षेत्रमा थुपैै्र चुनौतीहरु रहेको सोडारीको भनाई छ । पत्रकारहरुसँगको छलफलमा सोडारीले भने ‘कर्णालीमा जनचेतनाको कमी, प्रदेशमा बीमा नीति तथा कानून नहुनु, भौगोलिक कठिनाई, बित्तीय शिक्षाको अभाव, बेरोजगारी तथा न्यून आयस्तर लगाएतका चुनौती छ ।’
कर्णालीमा वित्तीय क्षेत्रमा वित्तीय क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको न्यून उपस्थिति, वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरुमा समन्वयको अभाव रहेको सोडारीको भनाई छ । प्राधिकरणले कर्णालीमा बीमितको हितमा काम गरिरहेको उनको दाबी छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बीमालाई शहर बजारमा मात्र केन्द्रित नगरि गाउँ–गाउँसम्म पु¥याउनुपर्ने बताए । उनले कर्णालीका दुरदराजका नागरिकसम्म बीमाको पहुँच विस्तार गर्न प्रदेश सरकारले सहयोग र सहजिकरण गर्ने बताए । कर्णालीमा बीमा क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्ने मन्त्री सिंहको भनाई छ ।

नेपाल कर्म । १९ श्रावण २०८०, शुक्रबार १६:४०