वीरेन्द्रनगरकाे भुरेलीमा माेटरसाईकल दुर्घटनाहुँदा दुई जनाकाे मृत्युु

सुर्खेत । वीरेन्द्रनगर भएको माेटरसाईकल दुर्घटनामा दुई जनाकाे मृत्युु भएको छ । वीरेन्द्रनगर नगरपालिका भुरेली नजिक माेटरसाईकल अनियन्त्रित भएर विद्युतकाे पाेलमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको हाे ।



मृत्यु हुनेमा महावै गाउँपालिका-७ का कृष्ण शाही र साेही पालिका वडा नम्बर ३ का बिमाेचन विष्ट छन् । शाही र विष्ट २३ वर्षीय हुन् ।

कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको माेटरसाईकलमा भुरेलीबाट बजारतर्फ आउदै गर्दा दुर्घटनामा परेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाईते उनीहरूकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएकाे हाे । दुर्घटनामा मृत्युु भएका शाही माेटरसाईकल चालक हुन् ।

तीन जना सवारमध्य खाँडाचक्र नगरपालिका-५ कालिकाेटका १९ वर्षीय प्रकाश कठायत घाईते छन् । उनी उपचारपछि डिस्चार्ज भईसकेकाे प्रहरीले जनाएको छ । मृत्युु भएका दुवै जनाकाे शव प्रदेश अस्पतालकाे शवगृहमा राखिएको छ ।

दुर्घटना गएराती भएको हाे । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।

तपाईको प्रतिक्रिया