सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट छुट्ने बसहरुको टिकट अनलाइनबाट काट्न शुरु गरिएको छ । सयुक्त यातायात व्यवसायी संघले सुर्खेतबाट काठमाडौंका लागि छुट्ने बसहरुमा अनलाइन टिकट शुरु गरेको हो ।

यात्रुहरुको अत्यधिक भीड बढ्न थालेपछि पारदर्शी रुपमा डिजिटल प्रविधिको प्रयोगबाट अनलाइन टिकम विक्री शुरु गरिएको सुर्खेत–काठमाडौं रुटका इन्जार्च रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार काठमाडौंका लागि छुट्ने बसहरुको सबै विवरण अनलाइनमा अपडेट गरिएको र यात्रुहरुलाई सबै विवरण खुलाइएको टिकट दिन थालिएको छ ।

सुर्खेत बसपार्कमा यात्रुहरुको सहजताका लागि हरेक दिन छुट्ने गाडीहरुको भाडादर र गाडीहरुको नम्बर देखिने डिसप्ले राखिएको छ । डिसप्लेमा सुर्खेतका प्रमुख पर्यटकीयस्थल र गाडीहरुको नम्बर सबैले थाहा पाउने गरि राखिएको ईन्जार्च खड्काले जानकारी दिए ।


पहुँचकै आधारमा टिकट वितरण गरिन्छ भन्ने आरोप लागेपछि काउण्टर अगाडी कति सिट खाली छन्, कति बुकिङ्ग भए, कति बाँकी छन् ति सम्पूर्ण जानकारी यात्रुहरुले नै थाहा पाउने गरी राखिएको उनको भनाई छ ।

अवको केही दिनमा सिमित सिटहरु अनलाइनबाट बुकिङ्ग गर्न सकिनेगरी खुला गर्ने तयारी गरिरहेको उनी बताउँछन् । सुर्खेतबाट दैनिक १० ओटा गाडीहरु सुर्खेतबाट काठमाडौंका लागि छुटाउने गरिएको छ । यीमध्य पाँच एसी, चार डिलक्स र एउटा नर्मल गाडीहरु छन् ।

नेपाल कर्म । १९ श्रावण २०८०, शुक्रबार १२:०९