जुम्लाबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरेन्द्रनगर । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाकाबाट आगूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–७ बस्ने भिमराज रावल र हिक्मत रावल रहेका छन्।



यस्तै, सोही ठाउँका अर्का अमिर केसी फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले शंका लागेर चेकजाँच गर्ने क्रममा भिमराज र हिक्मतको साथबाट र अमिरको घरबाट लागूऔषध फेला पारेको हो।

प्रहरीले भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिँया, र घरको कोठामा ५०० मिलीग्राम खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलीग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको जनाएको छ।

यस्तै, अमिर केसीको घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३५० मिलिग्राम चरेस जस्तो देखिने कालोपदार्थ फेला पारेको थियो।

तपाईको प्रतिक्रिया