रंगशालाबाट लागूऔषधसहित एक जना पक्राउ

वीरेन्द्रनगर । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–८ रंगशाला नजिकबाट एक जना पक्राउ परेका छन्। प्रहरीले उक्त व्यक्तीलाई लागूऔषधसहित पक्राउ गरेको हो।



जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २४ वर्षीय तिर्थ रावत रहेका छन्।

रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले शंका लागेर चेकजाचँ गर्दा उनको साथबाट लागूऔषध फेला पारेको हो।

उनको साथबाट नापतौल नगरेको १८ पुडिया (नापतौल गर्दा शुद्ध तौल ५८० मिलिग्राम) लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

तपाईको प्रतिक्रिया