सुर्खेत । नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्य तथा परिवारका सदस्यहरुलाई सुर्खेत अस्पतालले उपचारमा सहुलियत छुट दिने भएको छ । उपचार सहुलियत छुट दिनेमा प्रतिष्ठान र अस्पतालविच लिखित सम्झौता गरिएको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकाल र सुर्खेत अस्पतालका प्रबन्ध निर्देशक रबि सापकोटाले सहुलियत उपचारका लागि छुट दिन सझौता गरेका छन् । सम्झौताअनुसार अब प्रतिष्ठानका सदस्य तथा परिवारका सदस्यले सुर्खेत अस्पतालमा उपचारमा सहुलियत छुट पाउने छन् ।

अस्पतालमा उपचार गर्न जाने उनीहरुलाई सामान्य जनरल वार्ड, अप्रेशन चार्ज, इन्डोसकपी, युसीजी इइजी र अन्य डाइग्नेसिटकमा दश प्रतिशत, डिलक्स वार्ड र क्याविन, ल्याब टेस्ट र एक्सरे ईसीजीमा १५ प्रतिशत तथा मेडिसिनमा पाँच प्रतिशत छुट दिइएको छ ।

सहुलियत छुटसहितको सेवा लिन सहजताका लागि प्रतिष्ठानले परिचय पत्रमा परिवारका सदस्यहरुको विवरण राखिने ढकाल प्रतिष्ठान सुर्खेतका अध्यक्ष दधिराम ढकालले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार प्रतिष्ठानले प्रदान गर्ने परिचय पत्र हरेक वर्ष नविकरण गर्नुपर्ने र उपचार सेवाको लागि सहुलियत छुट दुई वर्षसम्म रहनेगरी अस्पतालसँग सझौता गरिएको छ । सम्झौता कार्यक्रममा प्रतिष्ठानका कर्णाली प्रदेशका अध्यक्ष जितलाल ढकाल, अस्पताल इन्चार्ज उत्तमकुमार शाही, डाक्टर केशर ढकाल, डा. के.एन. पौडेलसहितको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । १६ श्रावण २०८०, मंगलवार १८:५०