प्रभावकारी बन्दै ‘जियो कृषि मोवाइल एप’, अझै आकर्षण बनाउने मेयर मोहनमायाको प्रतिबद्धता

वीरेन्द्रनगर । कृषकलाई प्रविधिमा जोड्ने उद्देश्यले जियो कृषिले डिजिटल कृषि तथा पशु परामर्श केन्द्रले सुरुवात गरेको (जियो कृषि मोवाइल एप) प्रभावकारी बन्दै गएको छ।



उक्त केन्द्रले सुर्खेतको भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालनमा ल्याइएको छ।

साथै ती तीन वटै पालिकाका किसानहरुले प्रयोगमा ल्याएसँगै यो एप प्रभावकारी बन्दै गएको हो।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले उक्त मोबाइल एपलाई अझै कृषकहरु माझ आकर्षण बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गरेकि छन्।

साथै प्रमुख ढकालले यस एपबाट मौसम सम्बन्धि जानकारी, कृषिजन्य वस्तुको बजार मूल्य, असल कृषि अभ्यास, मलखादको उचित प्रयोग, कृषक डायरी, बालि तथा पशु स्वास्थ जाँच, जलवायुमैत्री कृषिमैत्री सम्बन्धि जानकारी सजिलैसँग लिन जानकारी दिइन्

यस्तै, कृषि र भेटेरेनरी शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अनलाइन र अफलाई दुवै माध्ययमबाट एपबाट सजिलै सँग लिन सक्नेगरी डिजाईन गरिएको छ।

किसानलाई कुन समयमा के रोप्ने ?, कहिले रोप्ने?, कसरी रोप्ने ? कसरी भण्डारण र संरक्षण गर्ने ? कहिले विक्रि गर्ने रु कहाँ बेच्ने रु कतिमा बेच्ने रु लगायतका विषयहरुमा एपमार्फत घरबाटै थाहापाई कृषकको सान्दर्भिक निर्णय लिने क्षमता वृद्धि र विकास गर्ने उद्देश्य मोवाइल एपको रहेको जियो कृषिका प्रतिनिधि टोपेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया