वीरेन्द्रनगर । कर्णाली प्रदेश गार्मेन्ट उद्योग व्यवसायी समितीको अध्यक्षमा भानुभक्त खड्का चयन भएका छन्।
कर्णालीमा विभिन्न तयारी कपडा उत्पादन गरिरहेका गार्मेन्ट व्यवसायीहरूको भेलाबाट समिती गठन गरिएको हो।


यस्तै, उपाध्यक्षमा हरिलाल जैसी, सचिवमा शेरबहादुर नेपाली, सह–सचिवमा ओमकन्त तिवारी, कोषाध्यक्षमा लोकेन्द्र रावल र सह–कोषाध्यक्षमा बेलमती नेपाली चयन भएका छन्।

सदस्यहरूमा रामबहादुर बुढा, लोकेन्द्र शाही, कृष्ण नेपाली, पुष्कर उपाध्याय, डम्बर बडुवाला, कमल बुढा, रामबाबु बि.सी चयन भएका छन्।
यस्तै, सल्लाहकार समितीमा चन्द्रबहादुर नेपाली र नवराज उपाध्याय रहेका छन्।

नेपाल कर्म । १५ श्रावण २०८०, सोमबार १९:००