सुर्खेत । असार १३ गते पेशागत महासंघ नेपाल कर्णाली प्रदेश कमिटीको पाँचौं बैठक बसेको छ। महासंघका प्रदेश अध्यक्ष शिवप्रसाद पाण्डेको अध्यक्षतामामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ।

बैठकले समसामहिक, राजनिती, राष्ट्रसेवकका समस्या बढी रहेको भष्ट्राचार लगायत सुन, जलहरी, गैर भुटानी नागरिक, ललिता निवास काण्डका बारेमा भईरहेको अनुसन्धान तथा नियमन गर्ने निकायले गरेका काम कारबाहीमा सहयोग गर्ने निर्णय गरेको छ।


यस्तै, कर्मचारी समायोजन ऐन २०७४ अनुसार स्थानिय तहमा समायोजन वा हाल दरबन्दी रिक्त नभएका स्थानिय तहमा साविकमा समायोजन भएको तहमा हाजीर गराउँने मन्त्रालयको लापरबाही निर्णय भएको महासंघले ठहर गरेको छ।
सरकारले ९ महिना बिती सक्दा पनी निजामती सेवा ऐन, शिक्षा ऐन जस्ता महत्वपूर्ण ऐनहरु तत्काल ल्याउनुपर्ने साथै पेशागत महासंघ नेपाल कर्णाली प्रदेश स्तरीय वार्षिक कार्य योजना निर्माण गरी प्रदेश स्तरिय प्रशिक्षण तथा भेला गर्ने निर्णय बैठकले गरेको महासचिवका महासचिव प्रकाश भट्टराईले जानकारी दिए।

नेपाल कर्म । १५ श्रावण २०८०, सोमबार ०७:४८