वीरेन्द्रनगर । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–४ तोलीखोलाबाट अबैध कपडा बरामद गरिएको छ।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ३ ख २६५४ नम्बरको बसबाट अबैध कपडा बराबद गरिएको हो।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले उक्त बसलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको लुगाकपडा फेला पारेको थियो।


प्रहरीक अनुसार उक्त कपडामा ७५ जोड कुर्ता सुरुवाल रहेका छन्।
यस्तै, ती कपडाको मूल्य एक लाख १२ हजार रहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । १४ श्रावण २०८०, आईतवार २०:५४