सुर्खेत । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा वीरेन्द्रनगर १० बेलघारी सुर्खेतमा रक्तदान कार्यक्रम गरिएको छ। इमामे हसन हुसेनको सन्झनामा यो पर्व मनाउँदै रक्तदान कार्यक्रम गरिएको हो।
सुर्खेत प्रदेश राजधानी भए सङै उपचार गराउने को संख्या पनि बढ्दै गएको छ।


बेला–बेला रगतको अभाव पनि हुने गरेको छ। रगत अभावको कारणले कसैले ज्यान गुमाउनु नपरोस भनेर कार्यक्रमको आयोजना गरिएको हो।

रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा मुस्लिम समाज सुर्खेतको आयोजनामा भएको कार्यक्रममा १३ जना युवाहरुले रक्तदान गरेका छन।
जसमा अकबर खान, मग्रीब बकस एजाज अलि, सेराज सेक, कमाल बकस, फिरोज खान, कलिम दिन, अकतर खान, रहिम मिया , मुस्तफा मिया, मगरिब बकस, अलि मोहम्मद, अहमद हुसेन, मोहम्मद साबाज रहेका छन्।

नेपाल कर्म । १३ श्रावण २०८०, शनिबार १८:५०