सुर्खेत । आर्थिक संकटले व्यवसायीहरु धरासायी बनिरहेको बेला यात्रुहरुको मागलाई मध्यनजर गर्दै सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि सुविधा सम्पन्न बसहरु भित्र्याइएको छ । लामो समयदेखि यात्रुहरुलाई सेवा प्रवाह गर्दै आएको काँक्रेविहार यातायात प्रा.लि.ले सुविधा सम्पन्न जेट बसहरु भित्र्याएको हो ।

यसअघि भित्र्याइएका बसभन्दा अहिले ल्याएका बसहरुमा सोफा जस्तै सिट रहेको र यात्रुहरुलाई बस्न आरामदायी रहेको प्रा.लि.का अध्यक्ष लोकबहादुर थापाले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार नयाँ भित्र्याइएका बसहरु चार ओटा रहेका छन् । एउटा बस आउने क्रममा रहेको छ । यसअघि चार ओटा बसहरु सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा सेवा दिँदै आएकोमा थपिएका बसहरुले पनि सोही रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्ने अध्यक्ष थापाले बताए ।
यी बसको लागत प्रति बस एक करोड मूल्य रहेको छ । भारतबाट खरिद गरेर ल्याइएका बसहरु विरगंजमा बडी निर्माण गरिएको हो । ४१ सिट क्षामताका नयाँ बसहरू साउन १२ गते शुक्रबारदेखि सुर्खेत–काठमाडौं–सुर्खेत रूटका लागि सञ्चालन गरिएकाे छ ।

नेपाल कर्म । १२ श्रावण २०८०, शुक्रबार १८:५९