सुर्खेत । लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ जुगार्डपुलबाट २९ को डम्बरध्वज खाणलाई पक्राउ गरेको हो।
उनलाई लागूऔषध (ब्राउनसुगर) मुद्दामा जुम्ला जिल्ला अदालतले २०७९।०१।२२ गतेको फैसला गर्दै ९ महिना १ दिन कैद र दश हजार जरिवाना तोकिए थियो।


त्यसपछि उनि फरार रहेका थिए।
उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

नेपाल कर्म । १२ श्रावण २०८०, शुक्रबार १८:४९