४१ हजार बढीको अवैध कपडा बरामद

वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिबाट अवैध ४१ हजार ६ सयको कपडा प्रहरीले बरामद गरेको छ।



भेरीगंगा–१० तोलीखोला स्थित नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको लु १ ज ३५७१ नम्बरको फोर्स गाडीबाट कपडा बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको तीन जनाको प्रहरी टोलीले उक्त गाडीलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको अवैध कपडा बरामद गरेको छ।

प्रहरीले ३३ जोर कुर्ता सुरुवाल, ४ जोर लेडिज पाइन्ट बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया