कालीकोटमा भएको ट्रक दुर्घटनाका गम्भीर घाइतेको थप उपचार सुर्खेतमा

सुर्खेत । कालीकोटको पलाता गाउँपालिकामा बिहीबार साँझ भएको मिनी ट्रक दुर्घटनामा सात जना घाइते भएका छन्।



घाइते मध्ये गम्भीर घाइते भएका पाँचजनालाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा कालागाउँमा रिफर गरिएको छ।

            दुर्घटनामा परेको ट्रक

पलाता गाउँपालिका–२ सैनमा कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक बिहीबार बेलुका दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई शुक्रबार थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।

पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन्।

तपाईको प्रतिक्रिया