भेरीगंगाबाट अवैध सूर्ति (सुपरपावर) बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाबाट अवैध सूर्ति (सुपरपावर) बरामद गरिएको छ।



भेरीगंगा–१० तोलीखोला पुल स्थित नेपालगंजबाट सुर्खेततर्फ आउदै गरेको फोर्स गाडीबाट बरामद गरेको हो।

कर्णाली प्रदेश ०२०० ख ८१६ नम्बरको फोर्स गाडिलाई प्रहरीले चेकजाँच गरेको थियो।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ३७ पोका (सुपरपावर) सूर्ति बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखेको छ।

तपाईको प्रतिक्रिया