यस कारणले सार्वजनिक कर्णाली प्रदेश सरकारलकाे ‘मूल्यवान’ लोगो

सुर्खेत । कणाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले लोगो सार्वजनिक गरेका हुन्।



प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त लोगो सार्वजनिक भएको छ।

मुख्यान्त्री शर्माले वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत ईन्द्रपुरका कृषक तुल्सीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेलबाट प्रदेश सरकारको लोगो सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अर्गानिक अभियानलाई घोषणाको तहमा लैजानका लागि सबैले सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले बजारीकरण र मूल्य श्रृङ्खलामा किसानलाई जोडेर लैजान्छौं। रैथाने बालीको प्रवद्र्धन र ढिकी, घट्ट, ओखल जस्ता परम्परागत उद्योगका विषयमा पनि एउटा सोच निर्माण गर्छौं।’

यस्तै, मुख्यमन्त्री शर्माले कृषि मन्त्रालयबाट पहिलोपटक प्रकाशन गरिएको ‘कृषि तथा पशुपंछी डायरी २०८०’ को विमोचन समेत गरेका छन्।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पौष्टिक आहारयुक्त रैथाने अन्न कर्णालीमा पाइने तर कुपोषित, पुट्का, ख्याउटे बालबालिका पनि कर्णाली रहेको भन्ने अन्तरविरोधी भ्रम चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्रप्रसाद मिश्रले कर्णालीको प्राङ्गारिक इतिहास लगायतका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्णाल प्रदेशका सचिव डम. नरहरिप्रसाद घिमीरेले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लिएको प्राङ्गारिक प्रदेश निर्माणको अभियानका लागि मन्त्रालयले निर्माण गरेको नीति, ऐन, नियमावली, कार्यविधि, मार्गदर्शनसहितको योजना, कार्यक्रमबारे समाविष्ट कार्यपत्र प्रस्तुत गरेका थिए।

यस्तै, मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीका किसानको सम्पदा लेखेको ‘मूल्यवान’ लोगो यहाँका १२ वटा समुह सहकारीलाई प्रदान गरिएको जानकारी दिए। उनले भने, ‘कर्णालीले जे उत्पादन गर्छ ती सबै मूल्यवान छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनेछ। ‘मूल्यवान’ लोगो अंकित अदुवा, टिमुरलगायतका यहाँका उत्पादन युरोप पुगेका छन्।

तपाईको प्रतिक्रिया