सुन तस्करीलाई सामान्य रुपमा नलियौँ मुलुक कालोसूचीमा पर्नसक्छ : रिजाल

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सय किलो सुन तस्करीला जस्तो घटनालाई सामान्य रुपमा लिन नहुने बताएका छन्।



साथै रिजालले यस सय किलो सुन तस्करी घटनालाई लियौँ भने हाम्रो मुलुक विश्वमै बद्नाम मात्र नभइ कालोसूचीमा परेर असफल राष्ट्र बन्ने दिशामा जाने बताएका छन् ।

एमाले नेता रिजालले सय किलो सुन तस्करी घटनाको विषयमा अफ्नो धारणलाई सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका हुन्।

उनले लेखेका छन्, ‘यसमा संलग्नहरुमाथि अपराधको कोणबाट राज्यका निकायहरुले गरिरहेको छानबीनलाई सफल निष्कर्षमा लैजानुपर्छ र राजनीतिक संलग्नताका बारेमा प्रश्न उठेपछि त्यसमा प्रहरी–प्रशासनले छानबीन गर्न नसक्ने भएकाले संसदीय छानबीन समिति गठन गर्नुपर्छ। प्रतिपक्षी दलले यसो भन्दा छानबिनमा कहाँ अवरोध हुन्छ? झन् बल पो पुग्छ त।’

तपाईको प्रतिक्रिया