लागूऔषधसहित वीरेन्द्रनगरबाट लिलबहादुर पक्राउ

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–३ जुम्ला रोडबाट उक्त व्यक्तीलाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका–२ बस्ने ३१ वर्षीयाको लिलबहादुरसुनारलाई पक्राउ गरेको हो।

लागूऔषध ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गरेको थियो।

उक्त नापजाँच गर्ने क्रममा उनको साथबाट १४ पुडिया (नापतौल गर्दा शुद्ध तौल २१० मिलिग्राम) लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पद्धार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया