जन्मदिनमा जसले कतारबाटै आश्रममा सहयोग गरे

सुर्खेत । नेपाली समाजमा पछिल्लो जन्माेत्सव, विवाह, ब्रतबन्धमा फजुल खर्च गर्ने प्रचलन बढ्दाे छ । देखावटीमा बढी खर्च गर्ने प्रचलन बढी रहेकाे बेला राेजगारीका लागि विदेश हाेमिएका एक युवाले जन्मदिनकाे अवसरमा आश्रममा सहयाेग गरेका छन् ।



आश्रममा सहयाेग गर्ने ति युवा हुन जाजरकोटकाका सन्देश बुढा । उनले २६ औँ जन्माेत्सवकाे अवसरमा मंगलबार वीरेन्द्रनगरमा रहेकाे मानव सेवा आश्रममा रहेका अनाथहरुलाई खाद्यन्न सहयोग गरेका हुन् । साउन ८ गते परेको २६ औँ जन्मदिनको अवसरमा जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई हाल तेस्राे मुलुक कतारमा राेजगारी गर्न गएका बुढाले साथीहरूमार्फत आश्रममा विभिन्न खाद्यन्न र फलफुल सामाग्री सहयोग गरेका छन् ।

उनका लागि यो नयाँ होइन् तर बिगतका बर्षहरुमा पनि जन्माेत्सवदेखि अन्य समयमा विभिन्न क्षेत्रमा सहयाेग गर्ने गरेका छन् । समाजमा रहेका असाहारा व्यक्तिलाई मल्हम लगाउने काममा तल्लिन हुने बुढा भन्छन् ‘जन्मदिनमा गर्ने खर्च अनाथ आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुलाई थोरै भएपनि केही हदसम्म राहत मिल्ने भएकाले यस्तो सोच आफुमा आएको हो ।’

उनले मानवताको सेवा गर्न पाउँदा आँफैलाई निकै खुशीको महशुस हुने बताए । जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नुभन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गराएर मनको आनन्द मिलेको उनको भनाई छ ।

यस्तै मानव सेवा आश्रमका जिल्ला संयोजक सुजन गौतमले बुढालाई जन्मदिनको शुभकामना दिँदै सामाग्री सहयोग गरेकामा धन्यवाद समेत व्यक्त गरेका छन् । बुढाले सहयाेग गरेकाे खाद्यन्नमा दाल, चामल, फलफुल लगायतका समग्री छन् ।

तपाईको प्रतिक्रिया