सुर्खेत । सडकमाथिबाट आएको पहिरोका कारण सुर्खेत–धरमपोखरा सडक अवरुद्ध भएको छ। मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो।
वीरेन्द्रनगर पालिका सुर्खेत र गुराँस गाउँपालिकाको सिमानामा पर्ने रातानाग्ला नजिक सडक पहिरोले गर्दा पुर्ण रूपमा भएको छ।



सडकमाथिबाट आएको पहिरोले सडक ५ देखि १० मिटरसम्म छापिएको छ। सुर्खेतको चिङ्गाड, दैलेखको गुराँस गाउँपालिका–६, ७, ८ नम्बर वडाका वीरेन्द्रनगर आउने र गाउँ फर्किने नागरिकहरु अलपत्र परेका छन्।

नेपाल कर्म । ९ श्रावण २०८०, मंगलवार १३:४७