वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिकाबाट १८ पोका अवैध सुपरपावर सूर्ती बरामद गरिएको छ।
भेरीगंगा–१० तोलीखोला स्थित नेपालगन्जबाट सुर्खेततर्फ आउदै गरेको फोर्स गाडीबाट प्रहरीले सूर्ती बरामद गरेको हो।
कर्णाली प्रदेश ०४२३ नम्बरको फोर्स गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा १८ पोका सूर्ती फेला पारेको थियो।


कुनै पनि बिल भरपाई नभएको उक्त सूर्ति फेला परेपछि प्रहरीले बरामद गरेको जनाएको छ।

नेपाल कर्म । ९ श्रावण २०८०, मंगलवार १२:०८