सुर्खेत । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसको टायर नै फुत्किएपछि दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लीन सडक खण्डको भट्टेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको हो ।

सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर पुत्किएपनि मानवीय क्षती नभएको प्रहरी चौकी जुगेडी चितवनका असई टिकाराम दाहालले नेपालकर्मलाई जानकारी दिए । उनकअनुसार बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको उनको भनाई छ ।


नेपाल कर्म । ९ श्रावण २०८०, मंगलवार ०८:५५