एमाले जिल्ला कमिटी सुर्खेतको मनोनित सदस्यहरुले लिए शपथ

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतमा मनोनित नयाँ सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार मनोनित २४ जना सदस्यहरूले शपथ लिएका हुन्।



उनिहरुलाई यसअघि बसेको एमाले जिल्ला कमिटी सुर्खेतको सचिवालय बैठकले मनोनित गरेको थियो।

यस्तै, लेखा आयोग संयोजक नन्दबहादुर बिसी, सल्लाहकार संयोजक कृष्णबहादुर गिरी र निर्वाचन संयोजक वीरेन्द्र थापाले पनि शपथ लिएका हुन्।

उनिहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले शपथ ग्रहण खुवाएका थिए।

यस्तै, उक्त शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा नेता कँडेलले मनोनित भएका नयाँ सदस्यहरुलाई पाएको जिम्मेवारीको बहन गर्नुपर्ने बताए।

साथै कँडेलले आफु जिल्ला कमिटीमा नअटेकामा रुष्ट हुनुभन्दा सहयोग गरेर अगाडी बढ्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया