सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाकुरीमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्। सोमबार राति स्थानीय प्रवीन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका छन्।
घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २ जेष्ठ २०८०, मंगलवार १३:०८