लोकसेवा पुस्तकमा महिलासम्बन्धि आपत्तिजनक प्रश्नोत्तरबारे १९ संघ संस्थाको विरोध

सुर्खेत । वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर सम्बन्धी विभिन्न १९ संघ संस्थाले विरोध जनाएका छन्। वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी उक्त पुस्तकमा आपत्तिजनक प्रश्नोत्तरबार विरोध जनाएका हुन्।



उक्त शव्दहरूप्रति सुर्खेतस्थित राजनीतिककर्मी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज र सञ्जालहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

साथै ती संघ संस्थाहरुले ऐक्यवद्धता जनाउँदै पाठक वर्गमा गलत ज्ञान दिने, पितृसत्तात्मक सोचलाई बढावा दिने, संविधानको भावना र कानूनको ठाडो उल्लघंन भएको घटनाप्रति खेद प्रकट गर्दै किताबलाई प्रतिबन्भ लगाउँदै लेखक र प्रकाशकलाई कानून बमोजिम कडा कारबाहीको लागि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन्।

यस्ताे छ, ध्यानाकर्षण

तपाईको प्रतिक्रिया