वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–१४ राम्चे बस्ने ४० वर्षीया गोविन्द दर्लामीलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारको थियो।


प्रहरीले बन्दुकसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जनाएको छ।

नेपाल कर्म । ७ श्रावण २०८०, आईतवार १६:०८