सुर्खेतकी बस्यालले जितिन् विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो स्वर्ण पदक

सुर्खेत । सुर्खेतकी नन्दा बस्यालले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्ण पदक जितेकी छन्। बस्यालले फाइनल खेलमा इरानलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी छन्।



उक्त खेल प्रतियोगीताका लागि ५७ ओटा रास्ट्रको सहभागिता रहेको थियो। ती सबैलाई हराउँदै स्वर्ण पदक जितेसँगै सुर्खेतकी बस्यालले विश्वभर नै नाम कमाउन सफल भएकी हुन्।

बस्याल रास्ट्रिय खेलकुद परिषद् कार्यकारी सदस्य समेत रहेकी छन्।

स्वर्ण पदक जितेसँगै बस्याललाई विभिन्न व्यक्तीहरुले बधाई तथा शुभकामना दिइरहेका छन्।

तपाईको प्रतिक्रिया