अभद्र व्यबहार र लुटपाट मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला अदालत सल्यानबाट भद्र व्यबहार र लुटपाट मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।



जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले घरमा लुकिछिपि गरेर बसिरहेको सयमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शारदा नगरपालिका–१५ बस्ने अन्दाजी २२ वर्षीया करन वादी र शारदा–५ बस्ने ३६ वर्षीया राजेन्द्रबहादुर महतरा रहेका छन्।

करन वादीलाई अभद्र व्यबहार मुद्दामा ५ हजार जरिवाना र महतरालाई लुटपाट मुद्दा लागेपछि फरार भएको प्रहरीले जनाएको छ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सल्यानमा राखिएको छ।

तपाईको प्रतिक्रिया