अब घर बनाउन २ करोडसम्म ऋण पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ।



आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।

कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

यसअघि यस्तो कर्जाको अधिकतम् सीमा १ करोड ५० लाख रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया