काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ।


शुक्रबार छापावाल एक लाख १२ हजार ८००, तेजावी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो।

नेपाल कर्म । ७ श्रावण २०८०, आईतवार १२:१३