प्रचण्ड इटाली प्रस्थान, प्रधानमन्त्री कार्यको जिम्मेवारी खड्कालाई

सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी दिएका छन्। ‘प्रचण्ड’ इटाली प्रस्थान  गरेपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई प्रधानमन्त्रीले गर्ने प्रशासनिक जिम्मेवारी दिएका हुन्।



शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रस्थान  गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई जिम्मेवारी दिएका हुन्।

तपाईको प्रतिक्रिया