सुर्खेत । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसाे बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै ठाउँहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतार राती आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको र हावाहुरीको जोखिम रहेकाले क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुरोध छ।
थप आगामी दुइ दिनकाे माैसम यस्ताे छ :

२०८० श्रावण ०८ गते (सोमबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८० श्रावण ०९ गते (मंगलबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपाल कर्म । ७ श्रावण २०८०, आईतवार ०६:२८