सुर्खेत । विद्यार्थी नेता गणेशबहादुर शाही नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सदस्यमा मनोनित भएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका शाहीलाई एमाले सुर्खेतले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो।

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवालय बैठकले शाहीलाई मनोनित गरेको हो।


शाहीसँग अनेरास्ववियुकाे पुर्वकेन्द्रीय सदस्य, स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत बहुमुखी क्याम्पसकाे पूर्वस्ववियु सह–सचिव, अनेरास्ववियु सुर्खेतकाे संयोजक समेत बनेर काम गरेको अनुभव छ।

नेपाल कर्म । ६ श्रावण २०८०, शनिबार २१:५८